अनेपालकै पहिलो र जेठो बैंकका रुपमा परिचित नेपाल बैंकले अत्याधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सन्दर्भमा शाखास्तरमै पुगेर साक्षरता कार्यक्रम सञ्चालन गर्न थालेको छ । बैंकले पनौती नगरपालिका १० नं वडा कार्यालयको आयोजना तथा खोपासी शाखाकोे सहकार्यमा शनिवार बालआदर्श मावि खोपासीमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले निकै ठूलो प्रयासपछि मात्र खोपासी र आसपासका ग्राहकहरुलाई सेवा दिने गरी नेपाल बैंकको शाखा स्थापना गराउन सफल भएको सस्मरण गर्दै भन्नुभयो, ‘यस क्षेत्रका बासिन्दाहरुलाइ डिजिटल वित्तीय चेतना अभिबृद्घि गर्न नेपाल बैंकले डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको प्रशंसनीय छ । यहाँका बासिन्दाहरुको वित्तीय आवश्यकता पुरा गर्न नेपाल बैंकले थप नयाँ कार्यक्रमहरु संचालन गर्दै जानुपर्छ’, उहाँले विश्वास ब्यक्त गर्नु भयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले खोपासी क्षेत्रलाई प्राथमिकतामा राखि कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराउँदै भन्नुभयो, ‘यहाँ महानुभावहरुले नेपाल बैंकप्रति देखाउनु भएको अपार विश्वास प्रति कृतज्ञता प्रकट गर्दछु । नेपालको पहिलो बैकको रुपमा रहेको नेपाल बैकले ग्राहकको चाहना अनुसार प्रतिस्पर्धी मुल्यमा गुणस्तरिय बैकिङ्ग सेवा उपलब्ध गराएको र यसबाट लाभान्वित हुन सबैमा आग्रह गर्दछु’ उहाँले अनुरोध गर्नुभयो । बैंकको ८३ औं वार्षिकोत्सवका अवसरमा खोपासीमा शाखा स्थापना भएको हो ।
कार्यक्रममा नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारी, बाग्मती प्रादेशिक कार्यालय प्रमुख विनयकेशरी पौड्याल, बरिष्ठ पत्रकार श्री मधुसुधन गुरागाईं, नेकपा एमाले पनौती नगर अध्यक्ष सुरेशप्रसाद हुमागाईंलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले बैंकले खोपासीमा शाखा खोलेर क वर्ग र पुरानो बैंकका रुपमा सेवा दिएकोमा खुी व्यक्त गर्नु भयो । साथै बैंकले अत्याधुनिक र डिजिटल प्रविधिमा आधारित सेवाहरु बिस्तार गरिरहेको सन्दर्भमा सेवा लिनका निम्तिसमेत अनुरोध गर्नु भएको थियो ।
बैंकका मार्केटिङ् तथा अनुुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले डिजिटल बैंकीङ्को आवश्यकता, महत्व एवं यसका जोखिमहरुको ’boutमा प्रकाश पार्नुभएको थियो । पनौती नगरपालिका १० नं. वडा कार्यालयका वडा अध्यक्ष मोहनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न सो डिजिटल वित्तीय साक्षरता कार्यक्रममा नेपाल बैंकका विशिष्ट पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरु, प्रअहरु, शिक्षकहरु, बिभिन्न राजनीतिक दलका लगायतका अतिथिहरुका साथै खोपासीआसपासका पस्थाली, सुन्थान, शंखु, बतासे, बल्थली, चलाल, पाटीखर्क, भण्डारीगाउँ र जुगुगाउँका करिव ३ सयभन्दा बढी स्थानिय बासिन्दाहरु, व्यापारीहरु, व्यवसायीहरु तथा बिद्यार्थीहरुको उपस्थितिमा उक्त कार्यक्रम संचालन भएको थियो ।
सो अवसरमा बैंकले खातामा उपहार स्वरुप १ सय रुपैंया जम्मा गरिदिने गरी शुन्य मौज्दातमा बैंक खातासमेत खोलिदिएको थियो । यस्तै बैंकल डिजिटल प्रविधिमा आधारित सेवाहरु पनि सहभागीहरुमाझ ल्याएको थियो ।