लायन्स क्लब अफ टेम्पल चण्डेश्वरीकाे चौथो साधारण सभा, सुरज नयाँ अध्यक्ष

लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीको चौथो वार्षिक साधारण सभाले लायन सुरज पलाञ्चोकेलाई लायन वर्ष २०२२/२०२३ का लागि क्लब अध्यक्षमा निर्वाचित गरेको छ ।

सुकुटेस्थित ह्वाइट लिफ रिसोर्टमा आयोजित साधारण सभामा पलाञ्चोकले लायन्स इन्टरनेसनलको विधानअनुसार शतप्रतिशत ‘एस भोट’ पाउनु भएको थियो ।

यसै गरी लायन शिवनारायण अनामणि श्रेष्ठले शतप्रतिशत ‘एस भोट’ पाएर प्रथम उपाध्यक्षमा निर्वाचित हुनु भयो । यसैगरी, लायन रमेश श्रेष्ठले शतप्रतिशत ‘एस भोट’ पाएर द्वितिय उपाध्यक्ष निर्वाचित हुनु भयो ।

उहाँहरु निर्वाचित भएको घोषणा निर्वाचन अधिकृत एवं क्लबका पूर्व अध्यक्ष लायन अधुत्तम देगमराज शाक्यले गर्नु भएको थियो । सोही कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पलाञ्चोकलेले लायन उदय श्रेष्ठलाई क्लब सेक्रेटरीमा मनोनयन गर्नु भयो ।

बाँकी पदहरुमा चाँडै मनोनयन गरिने पनि अध्यक्ष पलाञ्चोकेले जानकारी दिनु भयो । सो अवसरमा निर्वाचित पदाधिकारीहरुलाई क्लबका सल्लाहकार एवं वरिष्ठ पत्रकार मधुसुधन गुरागाईंले बधाई ज्ञापन गर्नु भएको थियो ।

लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बी१ अन्तर्गत जोन १०६ का चियरपर्सन एवं क्लबका चार्टर प्रेसिडेन्ट प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको अध्यक्षता क्लबका अध्यक्ष लायन अल्का जोशीले गर्नु भएको थियो ।

सो अवसरमा तत्कालीन सचिव लायन रमेश श्रेष्ठले क्लबको प्रगति प्रतिवेदन र कोषाध्यक्ष लायन उदय श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सभाका सहभागी र अतिथिहरुलाई लायन जयराम दाहालले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

सोही अवसरमा आयोजित कार्यक्रममा काठमाडौं विश्वविद्यालय हाइस्कूलमा अध्ययनरत छात्राद्वय सुरभि पलाञ्चोके र आरियाना श्रेष्ठले नृत्य प्रस्तुत गर्नु भएको थियो भने लायन सदस्यका परिवारको सहभागिता फागु पूर्णिमासमेत भव्य रुपमा मनाइएको क्लबद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।