बनेपा नपाकाे गृहिणीहरुलक्षित बेकरी तालिम, एकडेमीमा सिक्दै ‘बेक’ गर्दै

सधैंभरि युवाहरुको भीडभाड रहने बनेपा नगरपालिकासँगैको नेशनल एकेडेमी अफ कुलिनरी एण्ड हस्पिटालटी म्यानेजमेन्ट (नाचम)को किचेनमा बुधबार भने अलग्गै दृश्य देखिन्थ्यो । सधैंभरि आउने विद्यार्थीहरुभन्दा भिन्न अनुहारका बनेपा नगरपालिकाका वडाध्यक्ष, वडा सदस्यहरुका साथै बनेपाका गृहिणीहरुको उल्लेख्य उपस्थिति देखिन्थ्यो ।

यो उपस्थिति बनेपा नगरपालिकाले अगाडि सारेको अभियान ‘महिला उद्यमशीलता विकास’ अन्तर्गत बेकरी तालिमको क्षण थियो । बनेपा नगरपालिकाको आयोजना र वडा नं ८ को कार्यालयको सहजीकरणमा आयोजित ६ दिन अवधिको बेकरी तालिम नाचमको यही किचेनमा प्रयोगात्मक रुप सञ्चालन हुन लागेको थियो ।

कार्यक्रमको वडा नं ८ का अध्यक्ष दानबहादुर श्रेष्ठले शुभारम्भ गर्नुहुँदै महिलाहरुबाट धेरै माग भइ आएको बेकरी तालिमलाई बनेपाकै प्रतिष्ठित एकेडेमी नाचममा गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले तालिमका सहभागी महिलाहरुलाई तालिम अवधिभर राम्रोसँग सिक्न र तालिमपछि स्वरोजगार बन्नका लागि सुझाव दिनु भयो ।

नाचमका प्रबन्ध निर्देशक रमेश श्रेष्ठले पछिल्लो समय ‘होम बेकरी’ को प्रचलन फस्टाउँदै गएको र साना–साना व्यवसायका रुपमा घरमै पनि गर्न सकिने भएकाले यसमा आकर्षण बढेको बताउनु भयो । नाचमले विद्यार्थीहरुका अलावा गृहिणीहरु लक्षित गर्दै छोटो अवधिका बेकरी, बारिष्टालगायतका तालिमहरु सञ्चालन गर्दै आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बनेपामै उच्चस्तरको तालिम र विकासको माध्यमबाट हस्पिटालिटी र कुलिनरी आर्ट्सका लागि नेशनल एकेडेमी अफ कुलिनरी एण्ड हस्पिटालटी म्यानेजमेन्ट (नाचम)को हो । यसले युरोस्किल र लिंकन युनिभर्सिटी कलेजसँग सम्बद्धता मार्फत कुलिनरी र होटल व्यवस्थापनमा व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्दै आएको छ । हामीले सामाजिक संघ संस्थाहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छौं भनेर स्थानीय सरकारसँग मिलेर लक्षित समुदायलाई तालिम पनि प्रदान गर्दै आएका छौं । बेकरी तालिम पनि बनेपासँग मिलेर आयोजना गरेको एक उदाहरण हो’, श्रेष्ठले थप्नु भयो ।

तालिमकै दौरानमा उहाँहरुले पहिलो पटक यसरी घरपरिवारका लागि उपयोगी हुने र स्वरोजगारी मिल्ने तालिम दिलाएकोमा खुशी व्यक्त गर्नु भएको छ । ३२ जना महिलाहरु सहभागी रहनु भएको बेकरी तालिम चैत २१ गते सोमबार समापन हुँदैछ । सहभागीहरुमा बनेपा वडा नं ८ का गृहिणीहरुको बाहुल्य रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।