काभ्रेपलाञ्चोकका सुनचाँदी व्यवसायीका नेता उमेश

नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रेपलाञ्चोक जिल्ला शाखाको अध्यक्षमा बनेपाको प्रतिष्ठित भृकुटी ज्वेलर्सका सञ्चालक उमेशरत्न शाक्य निर्वाचित हुनु भएको छ ।

शाखाको शनिबार सम्पन्न सातौं वार्षिक साधारण सभा एवं चौंथो अधिवेशनले उहाँलाई अध्यक्षमा चयन गरेको हो । यसैगरी, उपाध्यक्षमा निरन शाक्य, सचिवमा विकास शाक्य, कोषाध्यक्षमा रुपेश शाक्य र सह–सचिवमा ध्रुवकृष्ण ताम्राकार चयन हुनु भएको छ ।

कार्य समिति सदस्यहरुमा राकेश शाक्य, मणिक शाक्य, विवकेरत्न शाक्य, शंखराज शाक्य, रुपेन्द्र शाक्य र राजु शाक्य चयन हुनु भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मणिकरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संघको केन्द्र, प्रदेश र विभिन्न जिल्ला शाखाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सो सभालाई सम्बोधन गर्नुहुँदै केन्द्रीय अध्यक्ष शाक्यले पछिल्लो समय ब्यवसायीहरुमा कच्चा सुन आपूर्तिलगायतका अनकेन समस्याहरु थपिँदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो ।

उहाँँले कच्चा सुनको आपूर्ति ब्यवस्थापन प्रभावकारी बनाउन व्यवसायीहरुले गरेको आग्रहलाई महासंघले सम्बोधन गरिरहेको र आवश्यकताअनुसार कच्चा पदार्थ आपूर्तिको सुनिश्चितताका लागि महासंघले पहल गरिरहेको जानकारी दिनु भयो ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्य, उपाध्यक्ष दियेशरत्न शाक्य, केन्द्रीय सदस्यहरु रबिन शाक्य (काभ्रे) र सुब्बा सुनार(सिन्धुपाल्चोक), बागमती प्रदेश अध्यक्ष ज्योतिरत्न बज्राचार्य, भक्तपुर, ललितपुर, नुवाकोट जिल्ला संघका अध्यक्षहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।