इन्द्रेश्वर क्याम्पसले विद्यार्थीहरुलाई सरकारी सेवा विशेष गरी सेना, प्रहरी र सशस्त्र प्रहरी सेवामा अवसर खोज्ने र तयारी’boutमा विद्यार्थीहरुलाई परामर्श दिन थालेको छ ।
क्याम्पस प्रमुख श्रीकुमार सुवालका अनुसार स्वदेशमा बिभिन्न खाले अवसरहरु रहे पनि विदेश मोह बढेको सन्दर्भमा क्याम्पसले स्वदेशकै रोजगारमा समेत उत्प्रेरणा जगाउनका लागि यस्तो कार्यक्रम गरिएको हो ।
काभ्रे सेवा समाजसँगको सहकार्यमा शुक्रबार क्याम्पसले आयोजना गरेको कार्यक्रममा थापाथलीस्थित डिफेन्स क्यारियर एकेडेमी नेपालका अध्यक्ष एवं प्रहरी वरिष्ठ उपरीक्षक (अवकाशप्राप्त ) तथा अन्य अवकाशप्राप्त राष्ट्रसेवकहरुले प्रशिक्षण दिनु भएको थियो ।
एकेडेमीले नेपाली युवाहरुलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको सेवा लागि तयारी कक्षाहरु सञ्चालन गर्दै आएको सो एकेडेमीको वेबसाइटमा उल्लेख छ ।
काभ्रे सेवा समाजका अध्यक्ष एवं अवकाशप्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रल्हाद केसी, वरिष्ठ उपाध्यक्ष एवं अवकाशप्राप्त नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पूर्णसिंह खड्का, महासचिव एवं अवकाशप्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राघवसिंह थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरी सेवामा प्रवेशका अवसरहरु’boutमा प्रशिक्षण दिनु भएको थियो । यसैगरी, नेपाली सेनामा गर्नका लागि १२ कक्षा पास भएको र २२ वर्ष उमेर ननाघेको व्यक्ति अफिसर हुन सक्ने अवकाशप्राप्त प्रमुख सेनानी सूर्य अधिकारीले जानकारी दिनु भएको थियो ।
काभ्रे सेवा समाजका सदस्य एवं अवकाशप्राप्त सह–सचिव (पूर्व सिडियो) प्रदीपराज कणेलले विद्यार्थीहरुले आफ्नो क्षमता अनुसार अवसरको खोजी र प्रतिस्पर्धा गर्नका लागि आग्रह गर्नु भयो ।
विश्व विद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित सो कार्यक्रममा क्याम्पस प्रमुख सुवालले विद्यार्थीहरुले आफ्नो पढाई सँगसँगै सरकारी सेवा प्रवेशको पनि तयारी गर्नु पर्ने सुझाव दिनु भएको थियो ।
कार्यक्रममा पनौतीका वरिष्ठ पत्रकार रामकृष्ण चापागाईं, धार्मिक अनुरागी एवं समाजसेवी रामकुमार बस्नेत, क्याम्पसका प्रशासन प्रमुख राजेन्द्र महाजूलगायत विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो ।