स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजु सम्मानित हुनुभएको छ । काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन उहाँ धुलिखेल अस्पतालमा कार्यरत हुनुहुन्छ ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिको आठौं वार्षिकोत्सवका अवसरमा प्राडा कोजूसहित थप चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारहरु गरी २५ जना सम्मानित हुनु भएको हो ।
चितवनको भरतपुरमा आयोजित भव्य समारोहमा प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं प्रभावशाली नेता डा. शशांक कोइराला र बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सम्मान प्रदान गर्नु भएको हो ।
यसैगरी चिकित्सकतर्फ प्रा.डा. पशुपति चौधरी, प्रा.डा. रामनरेश पण्डित, डा. निलम चौरासिया, प्रा.डा. लोकबहादुर सेढाँई, डा. हरिबहादुर खड्का, डा. सरु थापा न्यौपाने सम्मानित हुनु भएको छ । यस्तै डा. प्रदेश घिमिरे, डा.गुरुशरण शाह, डा.योगेन्द्र अग्रहरी, डा. अखण्ड उपाध्याय, डा. प्रमोद जोशी र डा. नरबहादुर मौनी सम्मानित हुनु भएको छ ।
सम्मानित हुने पत्रकारहरुमा बरिष्ठ पत्रकार गणशेखर शर्मा, रामराज पोखरेल, स्वास्थ्य पत्रकार पूर्णिमा डंगोल शाक्य, वरिष्ठ पत्रकार दीपकजंग हमाल र महेन्द्रराज श्रेष्ठ रहनुभएको छ । अवार्डबाट सम्मानित हुनुहुने स्वास्थ्यकर्मीमा बालकृष्ण गौतम, ईश्वरीप्रसाद भुषाल, दिपेन्द्र कार्की, मेघराज बलामी र सुरेश कुमार अधिकारी रहनु भएको छ ।
यस्तै अवार्डबाट सम्मानित हुने दुई स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा निर्देशनालय बर्दिया अस्पताल, बर्दिया र बुलिंगटार गाउँपालिकाको कार्यालय, नवलपुर रहेका छन ।