कान्तिपुर कफी प्रालिको पहिलो आउटलेट ललितपुर, चक्रपथको बालकुमारीस्थित केभिडी कम्प्लेक्समा सुरु भएको छ । नेपालकै चर्चित कान्तिपुर भेट डिष्ट्रिव्यूटर्स प्रालिको सहायक कम्पनीको रुपमा ‘कान्तिपुर कफी’ ब्राण्ड सुरु भएको हो ।
पूर्व मन्त्री एवं सहकारीविज्ञ केशवप्रसाद बडालले मंगलबार एक भव्य समारोहका वीच कान्तिपुर कफीको शुभारम्भ गर्नु भएको हो ।
कम्पनीका सञ्चालक अनिश बडालले ४० लाख रुपैंया लगानीमा कान्तिपुर कफी सुरु गरेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘केभिडी कम्प्लेक्समा सुरु भएको कान्तिपुर कफीलाई पाइलटिङका रुपमा बुझ्नु भए हुन्छ । यहाँको लोकप्रियताका आधारमा उपत्यकाका विभिन्न स्थानहरुमा शाखाहरु बिस्तार गर्दै जानेछौं’, बडालले थप्नु भयो ।
पछिल्ला वर्षहरुमा ‘कफी कल्चर’ फस्टाउँदो रहेकाले भेटेरिनरी औषधिको उत्पादन, आयात र वितरणसँगै नयाँ व्यवसायका रुपमा कफीमा समेत लगानी गरेको कान्तिपुर कफीको मातृ कम्पनी कान्तिपुर भेट डिष्ट्रिव्यूटर्स प्रालिका प्रबन्ध निर्देशक हेमराज बडाल(ऋषि)ले जानकारी दिनुभयो ।
कम्पनीले बालकुमारी क्षेत्रमा रहेका आइसिटी कलेज, बैंक तथा वित्तिय संस्थाहरुलाई लक्षित गरेको जनाएको छ ।
