नेशनल एकेडेमी अफ कुलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट(नाचम)ले कक्षा १२ को परिक्षा सकाएर बसेका काभ्रेली विद्यार्थीहरु लक्षित गर्दै होटेल म्यानेजमेन्टमा वृत्ति(करियर) का अवसरहरु’boutमा निःशुल्क सेमिनारको आयोजना गरेको छ ।
नाचमको स्थापनादे
खि नै हरेक वर्ष यसैगरी वृत्ति परामर्श प्रदान गर्दै आएकोमा कोभिड–१९ का कारण दुई वर्षदेखि सेमिनार हुन सकेको थिएन ।
सेमिनारमा नेपाल सरकारको नेपाल एकेडेमी अफ टुरिजम अफ होटल म्यानेजमेन्ट(नाथम्) का पूर्व विभागीय उपप्रमुख एवं सेफ सूर्यकिरण श्रेष्ठ प्रमुख अतिथि हुनहुन्थ्यो ।
उहाँले करियर सेमिनारमा सहभागी विद्यार्थीहरुलाई सम्बोधन गर्दै भन्नुभयो, ‘आफ्नो रुचि, क्षमता तथा झुकाव सुहाउँदो करियरले नै सफलता र सन्तुष्टि प्रदान गर्ने भएकाले आफ्नो लागि कुन करियर उपयुक्त हुन् भनेर जानकारी लिनु राम्रो हुन्छ । यो कार्यक्रममा तपाईंहरुका लागि होटेल म्यानेजमेन्ट क्षेत्रमा हुन सक्ने अवसरहरु’boutमा करियर परामर्शका लागि नाचमले बोलाएको हो’, श्रेष्ठले भन्नु भयो।
विगतको दाँजोमा नेपालमा अहिले धेरै ‘चेन’ होटलहरु खुलिरहेका र विदेशमा समेत होटल म्यानेजमेन्टमा जनशक्तिको माग भइरहने हुँदा यस करियरमा लागेर भविष्य उज्जवल बनाउन सकिने भनि उहाँले सहभागीहरुलाई हौस्याउनु भयो ।

सेमिनारका विशेष अतिथि एवं होटल मेरियट, लर्निङ एण्ड डेभेलपमेन्ट क्लष्टर निर्देशक तथा धुलिखेलका निवासी रुपेश श्रेष्ठले भन्नुभयो, ‘विगतमा होटल म्यानेजमेन्ट पढेकाहरुलाई भान्सेमात्रै भनेर बुझ्थे । अहिले यसको दायरा व्यापक भइसकेको छ । होटल म्यानेजमेन्ट पढेकै कारण मैले ४० देश भ्रमणको अवसर पाएँ । नेपालमा पनि सरकारी कलेज नाथमका अलावा निजीक्षेत्रबाट बनेपामै नाचम एकेडेमी रहेको छ । यहाँ पनि होटल म्यानेजमेन्टका विभिन्न बिधाहरुमा विज्ञहरुले पढाइरहनु भएको छ,’उहाँले सुनाउनु भयो ।
श्रेष्ठले होटल म्यानेजमेन्टमै करियर बनाउने सोच भएमा अब ढिलो नगर्न सुझाव दिनु हुँदै भन्नुभयो, ‘उचित जानकारीको अभावमा आफूसँग भएको ज्ञान, सीप र चाहनाको आधारमा वा कसैको निर्देशन/दवाबमा कुनै एउटा करियर अँगाल्ने र आफूलाई त्यसैगरी ढाल्ने अभ्यासले यदाकदा असफलता हात लाग्छ । त्यही भएर करियर काउन्सिलिङ र करियर फेस्टिभलहरुमा भाग लिइरहनु पर्छ’, उहाँले थप्नु भयो ।
चीनको हिमालय(ग्वाङझाउ) एजुकेशन टेक्नालोजी कम्पनी लिमिटेडकी महाप्रबन्धक जेसी सूले नाचममा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई चीनमा लगेर पढाउनुका साथै नामी होटलहरुमा ‘इन्टर्न’ गराइरहेको जानकारी दिनु भयो ।
वर्ल्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकारले बिगतमा होटल म्यानेजमेन्टका कोर्श गर्नलाई बनेपाबाहिरै जानु पर्ने अवस्थालाई नाचमको स्थापनाले यहीँ सम्भव भएको उल्लेख गर्नुहुँदै करियर बनाउने कुरामा आफूलाई रुचि भएको र भविष्यमा यही करियरलाई कायम राख्छु भनेरमात्रै निर्णय लिन सहभागी विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो ।
नाचमका अध्यक्ष रमेश श्रेष्ठले सो एकेडेमीबाट होटल म्यानेजमेन्टको कोर्श सकेका सयौं विद्यार्थीहरु नेपाल तथा बिदेशमा सफलतापूर्वक करियर बनाइरहेको दृष्टान्त दिनु भयो ।

श्रेष्ठले भन्नुभयो, ‘स्कूल तहको शिक्षा सकाएपछि विद्यार्थीहरुले आफ्नो वरिपरिको वातावरणमा उपलब्ध जानकारी तथा अवसरको आधारमा करियर छनौट गरेको पाएका छौं । अधिकांशमा जे भेटिन्छ, त्यही गर्दै जाने हो भन्ने मानसिकता रहेको र कतिपय युवाहरुमा केवल जागीर खाने सोच रहेको पाएका छौं । यसरी करियर’boutमा जानकारी नै नभई अघि बढेको खण्डमा निश्चित समयावधिपछि आफूले खोजेको र सोचेको करियर त वास्तवमा अर्कै रहेको बोध हुन्छ’, उहाँले थप्नु भयो ।
जब थाहा हुन्छ त्यतिखेर अर्को करियरका लागि आफूसँग समय, सीप र ज्ञानको अभाव हुने उहाँको भनाई छ, ‘यस्तो अवस्थामा व्यक्ति निराश हुन सक्छ, उसको प्रगतिमा शिथिलता आउन सक्छ । त्यही भएर पनि नाचमले होटल म्यानेजमेन्टमा करियर बनाउँदा हुने फाइदा र बेफाइदा दुबै जानकारी दिने उद्देश्यले यसक्षेत्रका विज्ञहरुबाट करियर सेमिनार आयोजना गरेका हौं’ श्रेष्ठले प्रष्ट पार्नु भयो ।
सेमिनारमा काभ्रेपलाञ्चोक जिल्लामा होटल म्यानेजमेन्ट र अन्य विषयका कलेजबाट गरी दुई सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा नाचमका तर्फबाट प्रमुख अतिथि श्रेष्ठले काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके, पनौती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मधुसधुन गुरागाईं, निष्ट कलेज बनेपाका भाइस प्रिन्सिपल उमेश दाहाल र को–प्रिन्सिपल राजीब श्रेष्ठ, एभिएम कलेजका प्रिन्सिपल रामप्रसाद तिमल्सिनालाई मायाको चिह्नो प्रदान गर्नु भएको थियो ।
यसैगरी काभ्रे इंग्लिस सेकेण्डरी स्कूल पनौतीका प्रिन्सिपल बसन्त नेपाल र को–प्रिन्सिपल देबिन प्रधान, गोल्डेन फ्यूचर सेकेण्डरी स्कूल पाँचखालका शिक्षक रामकृष्ण बोलखे र सरस्वती मावि पाँचखालका शिक्षकलाई पनि नाचमका तर्फबाट प्रमुख अतिथि श्रेष्ठले मायाको चिह्नो प्रदान गर्नु भएको थियो ।