बनेपामा ‘किड्स अफ द इयर इन्टरनेशनल’ प्रतियोगिता सम्पन्न

चौंथो संस्करणको ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ एकसाथ तीन विजेता छनौट गर्दै सम्पन्न भएको छ ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिता हिमालयन दृस्य रिसोर्टमा शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा जुनियर र सिनियर गरेर एकसाथ तीन जना विजेता छानिएका हुन् ।

प्रतियोगितामा ‘किड्स अफ द इयर इन्टरनेशनल’ केटातर्फ बिलिप मानन्धर शीर्ष विजेता बने ।

यही प्रतियोगितातर्फको ‘फष्ट रनरअप’ सायन केसी, ‘सेकेन्ड रनर अफ’ बिनिक खड्गी चुनिँदा ‘थर्ड रनरअप’ मेवान देगम शाक्य घोषित भए ।

त्यस्तै ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ केटीतर्फ आराध्या बिष्टले शीर्ष उपाधि चुमिन् ।

यही प्रतियोगितामा इलियाना वैद्य ‘फष्ट रनर अप’ र हर्षिका खड्का ‘सेकेन्ड रनर अप’ हुँदा उत्सुक्ता श्रेष्ठ ‘थर्ड रनर अप’ भइन् ।

प्रतियोगितामा ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ सिनियर केटी तर्फको उपाधि भने सिखा मानन्धरले हात पारिन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धाको निर्णायकहरुमा आशिष थापा (प्रमुख प्रशासक मिलियन ह्वाइट हाउस स्कुल ), इन्दु थापा (प्रिन्सिपल बेलर इन्टरनेशनल स्कुल), अशोक पाण्डे ( प्रिन्सिपल सेमरक निष्ट स्कुल ), उमा बस्नेत ( भाईस प्रिन्सिपल नाइटिङ्गेल स्कुल) र पुकार कर्णजित (पहिलो मिष्टर काभ्रे तथा अध्यक्ष अर्किड इन्टरनेशनल स्कुल) रहनु भएको थियो ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैंजुले बताउनु भयो ।

१२ बर्षभन्दा लामो समयदेखि गुणस्तरिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आउनु भएर फैजु चर्चित हुनुहुन्छ ।

७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले गर्नु भएको थियो भने ड्रेस डिजाइन श्रीषा बैदारले गर्नु भएको थियो ।

विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर उपहारका रुपमा प्राप्त गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।