बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम आज त्यसतर्फ जाँदै छ ।
किरण चेम्जोङको कप्तानीमा नेपाली टोलीले बङ्गलादेशसँग आगामी कार्तिक २८ र मंसिर २ गते ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ ।
नेपाली टोलीको ढाकामा पाँच दिन आइसोलेसनपछि पुनः पीसीआर परीक्षण हुनेछ ।
कोरोनाको त्रासका विच खेल्न जाँदा समेत प्रशिक्षक तथा खेलाडीहरु उत्साहित देखिएका छन् । राखेपका सदस्यसचिव रमेश सिलवालले बंगलादेश जाने खेलाडीको बिदाइ गर्नु भएको भयो ।