राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमण–तालिका सार्वजनिक

राष्ट्रपति विद्यादेवी भण्डारीको दुई दिने बङ्गलादेश भ्रमणको तालिका सार्वजनिक गरिएको छ ।

परराष्ट्र मन्त्रालयले बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निम्तोमा भण्डारी चैत ९ गते ढाका प्रस्थान गर्ने कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार भण्डारी चैत १० गते स्वदेश फर्कनु हुनेछ । भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव र राष्ट्रपति कार्यालयका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

राष्ट्रपति भण्डारी ढाकामा आयोजना हुने बङ्गलादेशका राष्ट्रपति बंगबन्धु शेख मजबुर रहमानको शतवार्षिकी समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । उक्त अवसरमा भण्डारीले नेपाल र बङ्गलादेशको द्विपक्षीय सम्बन्ध र मित्रता’bout सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बंगाभवनमा दुई मुलुकका राष्ट्रपतिबीच शिष्टाचार भेट हुने जनाइएको छ । साथै राष्ट्रपतिले सावरस्थित शहीद स्मारक र धनमन्डीस्थित बंगबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिको भ्रमण टोलीमा सांस्कृतिक टोली पनि सहभागी छ जसले शतवार्षिकी समारोहमा सांस्कृतिक प्रस्तुति दिनेछ ।

भण्डारीले ढाकास्थित नेपाली दूतावासमा आयोजना हुने रात्रीभोज पनि भाग लिने कार्यक्रम रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।