विश्व भोकमरी सूचीमा नेपाल ७६ औं स्थानमा

नेपाल ग्लोबल हंगर इन्डेक्सको ७६ औं स्थानमा छ। ११६ मुलुकमा गरिएको अध्ययनअनुसार सन् २०२१ मा नेपाल र बंगलादेश समान ७६ औं स्थानमा छन्।

छिमेकी भारत १०१ औं स्थानमा छ भने पाकिस्तान ९२ औं स्थानमा । ग्लोबल हंगर इन्डेक्सको वेबसाइटमा दिइएको जानकारीअनुसार पाँचभन्दा कम जीएचआई स्करो राख्ने मुलुकहरु चीन, ब्राजिल, कुवेतसहित १८ मुलुक शीर्ष स्थानमा छन्।

नेपालको जीएचआई स्कोर १९.१ छ। ५० जीएचआई स्कोर हुने मुलुकमा भोकमरीको समस्या चरम बिन्दुमा पुगेको मानिन्छ। कंगो, सोमालिया र चाडको जीएचआई स्कोर ५० भन्दा बढी छ।

ग्लोबल हंगर इन्डेक्सले विभिन्न मुलुकमा मानिसलाई खानाको परिकार र के कति खाना मिल्छ भन्ने विषयमा अध्ययन गर्ने गर्दछ। यही सूचकांकअनुसार विश्वका विभिन्न मुलुकमा सञ्चालन गरिरहेका भोकमरी हटाउने अभियान सफल अथवा असफल भएको निष्कर्ष निकाल्ने गरिन्छ।

आयरल्यान्डको सहायता एजेन्सी कन्सर्न वल्र्डवाइड र जर्मनी संगठन बेल्ट हंगर हिल्कले मिलेर यो अध्ययन गर्ने गरेका छन्। रिपोर्टमा भारतमा भोकमरीको अवस्थाको विषयमा चिन्ता व्यक्त गरिएको छ।

सन् २०२० मा विश्वभरका १०७ देशमा यसको अध्ययन गरिएको थियो। जसमा भारत ९४ औं स्थानमा थियो।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।